logo-img

नेपाललाई भूगोलमा नभई गुगलमा खोज्नुपर्ने अवस्था आउन सक्छ : नवल खड्का

चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले नेपाल र भारतबीच रोजीरोटीको सम्बन्ध हुँदैमा देश नै दाइजोमा दिन नहुने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले रोजीरोटीको सम्बन्ध हुँदैमा देश नै दाइजोमा दिन नहुने बताएका हुन् । 

रोजीरोटीको सम्बन्ध छ भन्दैमा राजनीतिक दलका नेताहरुलाई देश नै दाइजोमा दिने अधिकार नरहेको उनको भनाइ छ । उनले खुला सीमाका कारण नेपालले विभिन्न समस्या झेलिरहेको उल्लेख गर्दै अब जंगे पिल्लरलाई आधारस्तम्भ मानेर भएको जमिन बचाउन सीमानामा काँडेतार लगाउनुपर्ने उल्लेख गरे । 

चलचित्र काँडेतारको सन्देश पनि सीमानामा काँडेतार लगाउनुपर्ने रहेको बताउँदै उनले भने, ‘अब जंगे पिल्लरलाई आधारस्तम्भ मानेर भएको जमिन बचाऊँ र त्यो जमिनलाई सीमानामा काँडेतार लगाऊँ । त्यसपछिको टिष्टादेखि काँगडासम्म गुमेको भूभाग फिर्ता लिनुपर्छ ।’

अध्यक्ष खड्काले सीमानाको बारेमा सधैँ मौन रहने हो भने भावी पुस्ताले नेपाललाई भूगोलमा नभई गुगलमा खोज्नुपर्ने बेला आउने बताए । 





  • प्रकाशित मिति : जेठ १४, २०८० आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया