बेलायतको चर्चित प्रकाशक अष्टिन म्याक्कले पब्लिसर्सले नेपाली मूलकी श्रीयन्सी ज्ञवालीको पुस्तक ‘द डार्क सिक्रेट्स अफ अन्नेम’ बजारमा ल्याएको छ ।
अंग्रेजी साहित्यमा लोकप्रिय ‘टिन फेन्सासी’ विधाको यो पुस्तक प्रकाशकले १५ वर्षदेखि १७ उमेर समूहलाई लक्षित रहेको उल्लेख गरेको छ । तथापि पुस्तकको कथावस्तुले अन्य उमेर समूहलाई पनि तान्ने प्रकाशकको दाबी छ ।
‘द डार्क सेक्रेट्स अफ अन्नेम’ ले सानैमा अभिभावक गुमाएर अनाथालयमा हुर्किएकी एक किशोरीको कथा भन्छ, जो हुर्कँदै गर्दा उनको पहिचानको खोजी र उनी बाँचेको क्रूर यथार्थसँग संघर्ष गर्न बाध्य हुन्छिन् ।
पुस्तक लेखका आफैं किशोरी हुन् । नेपालको भैरहवामा जन्मिएकी लेखिका सन् २०११ (वि.स २०६८) मा उनको परिवारसँगै क्यानडा सरेकी थिइन् । त्यस समय उनी २२ महिनाको मात्र थिइन् ।
हाल क्यानडाको ओन्टारियो प्रोभिन्सको ब्रम्प्टनमा बस्ने ज्ञवालीलाई सानैदेखिको साहित्य लेखनको रुचि रहेकोमा अभिभावक र शिक्षकको प्रेरणाले पुस्तक लेख्न थालेकी थिइन् ।
श्रीयन्सीको यो उपन्यास हो । २६ मेमा बजारमा आएको २४० पृष्ठको ‘द डार्क सिक्रेट्स अफ अन्नेम’ लाई अनलाइन साइट अमेजनबाट खरिद गर्न सकिन्छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।