मलेसियाविरुद्धको पहिलो टी–२० मा नेपाल ५ विकेटले पराजित

मलेसियाविरुद्धको टी–२० सिरिजको पहिलो खेलमा नेपाल ५ विकेटले पराजित भएको छ । टी–२० अन्तर्राष्ट्रियमा मलेसियाविरुद्ध नेपाल पहिलोपटक पराजित भएको हो ।  

नेपालले यसअघि मलेसियाविरुद्ध खेलेका तीनवटै टी–२० खेल जितेको थियो । यसपटक भने नेपालले निकै खराब प्रदर्शन गर्‍यो । मलेसियाको बांगीस्थित ओभल मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल १६.५ ओभरमा ५० रनमै अलआउट भयो । नेपालका लागि सोनु खड्काले १३ र ज्योति पाण्डेले ११ रन जोडे ।  

बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । मलेसियाका लागि निक नुर एटिएलाले ३, ऐना हामिजाह हाशिम, ऐसिया इलिसा र माहिरा इज्जती इस्माइलले २/२ विकेट लिए ।   

नेपालले दिएको ५१ रनको लक्ष्य घरेलु टोली मलेसियाले १३.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो । उसका लागि वान जुलियाले १३ र ऐना हामिजाह हाशिमले अविजित १२ रन बनाए ।

नेपालका लागि सीताराना मगर र कप्तान रुबिना क्षेत्रीले २/२ विकेट लिए । यस्तै, कविता कुँवरको नाममा १ विकेट रह्यो । योसँगै ५ खेलमो सिरिजमा नेपाल १–० ले पछि परेको छ । नेपाल र मलेसियाबीचको दोस्रो टी–२० मंगलबार हुनेछ । 





  • प्रकाशित मिति : जेठ १५, २०८० साेमबार १२:३०:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया