कोशी प्रदेश सुशासन र समृद्धिको यात्रामा छ : मुख्यमन्त्री कार्की
फाइल तस्बिर

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुशासन र समृद्धिको यात्रामा प्रदेश सरकार अघि बढिरहेको बताएका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा आज आयोजित १६औँ गणतन्त्र दिवस मूल समारोहलाई सम्बोधन गर्दै उनले आम नागरिकले अनुभूति गर्ने गरी प्रदेश सरकारले काम गरिरहेको चर्चा बताए । मुख्यमन्त्री कार्कीले इतिहासको गतिलाई कसैले पनि पछाडि धकेल्न नसक्नेमा बताए । 
    
उनले मुलुकमा स्थापित गणतन्त्रले सबै वर्ग, जाति र समुदायलाई मूल प्रवाहमा ल्याएकाले प्रदेशको नामकरण पछि केही शक्ति र व्यक्तिले गरिहेका आन्दोलन एवं विरोधको कार्यक्रम पूर्णरुपमा शान्तिपूर्ण हुनुपर्ने बताए । 
    
हिंसाको गतिविधिलाई छाडेर सरकारसँग वार्ता र संवाद गर्न अपिल गर्दै मुख्यमन्त्री कार्कीले  भने, ‘मुलुकको सद्भाव र शान्तिलाई कसैले पनि बिगार्नु हुँदैन । सहमति र वार्ताबाटै समस्या समाधान गर्नुपर्छ  आफ्नो अधिकार खोज्दा अरुको अधिकार पनि हनन् गर्नु हुँदैन ।’
    
गणतन्त्रमा रोजगार र सामाजिक सुरक्षाको सुनिश्चिता संविधानले नै गरेको धारणा व्यक्त गर्दै उनले मुलुकको अर्थतन्त्रलाई बलियो बनाउन सबैले आआफ्नो तहबाट प्रयास गर्नुपर्ने कुरामा जोड दिए ।

कोशी प्रदेशका प्रमुख सचिव डा. दीपक काफ्लेले लोकतन्त्र र गणतन्त्रात्मक व्यवस्थाले जनताको सुशासन र अधिकार स्थापित गरेको चर्चा गरे । कार्यक्रममा लोकतन्त्र प्राप्तिमा योगदान पुर्याउने पत्रकार मोहनप्रसाद भण्डारी, श्यामकृष्ण राई र नरबहादुर लिम्बूलाई जनही रु एक लाखको लोकतान्त्रिक पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो ।  





  • प्रकाशित मिति : जेठ १५, २०८० साेमबार १२:३४:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया