सुशासन कायम गर्न संस्थागत बेथिति र भ्रष्टाचार अन्त्य गर्न आवश्यक : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सुशासन कायम गर्न संस्थागत बेथिति र भ्रष्टाचार अन्त्य गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

उनले निरङ्कुशतन्त्रविरुद्ध नेपाली जनताले  लामो समयदेखि गरेको सङ्घर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रलाई प्रवर्द्धन गर्नुपर्ने पनि बताएका छन् । गणतन्त्र दिवसका अवसरमा उनले आज एक विज्ञप्ति जारी गर्दै जनताको चाहनाअनुसार शासन व्यवस्था सञ्चालन गरी देश विकास तथा  समृद्धि कायम गर्न सकिने भन्दै लोकतन्त्रको विकल्प नरहेको बताएका छन् ।

राज्यको मूलधारमा आउन नसकेका नागरिकलाई समावेशी र समानुपातिक प्रतिनिधित्वका आधारमा समेटेर अगाडि बढाउन जोड दिइएको उल्लेख गर्दै जारी विज्ञप्तिमा समाजवादमा  सामाजिक न्याय र समानतासहित आत्मनिर्भर अर्थतन्त्रको विकास गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।  





  • प्रकाशित मिति : जेठ १५, २०८० साेमबार १३:५:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया