\
राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले राष्ट्रपतिको कदमले अराजकता मच्चाउने टिप्पणी गरेका छन्। संसद् भवन बानेश्वर परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारले रेशम चौधरीलाई आममाफी दिएकोप्रति आपत्ति जनाए ।
‘गणतन्त्र दिवसको उपलक्ष्यमा नेपालको कानुनलाई नै मिच्ने प्रवृत्ति अगाडि बढाएको छ। दोषी को हुन् र अदालतको फैसलाभन्दा राष्ट्रपतिमाथि हुन सक्दैन,' उनले भने, 'यसले मुलुकलाई सही हिसाबले अगाडि बढाउँदैन। मुलुकलाई राजनीतिक अस्थिरतामा लान्छ।’
उनले प्रधानन्यायाधीश राष्ट्रपति हुन् कि सर्वोच्चको प्रधानन्यायाधीश हुन् भन्ने प्रश्न खडा गरेको बताए।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।