रवीन्द्रको निधनले नेपाललाई ठूलो क्षति: डा.भट्टराई

काठमाडौँ– नयाँ शक्ति नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले रवीन्द्र अधिकारीको निधनले नेपाललाई ठूलो क्षति पुगेको बताएका छन् । शुक्रबार बिहान काठमाडौँको टुँडिखेलमा अधिकारीसहित सातै जनालाई श्रद्धाञ्जली दिएपछि डा.भट्टराईले उक्त कुरा बताएका हुन् ।

नेकपाका युवा नेता, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीसमेत रहेका अधिकारीको निधनले लोकतान्त्रिककरणपछि समृद्धिको दिशामा मुलुक प्रवेश गरेका बेला यस्तो घटनाले नेपाललाई ठूलो क्षति पुगेको डा.भट्टराईले बताए ।  

डा.भट्टराईले देशमा रवीन्द्र अधिकारी जस्ता अत्यन्त सिर्जनशील युवा नेतृत्वको खाँचो रहेको औंल्याए । 

स्व.मन्त्री अधिकारीको मूल्याङ्कन गर्दे डा.भट्टराईले भने, ‘रवीन्द्रजी समृद्धिको विषयमा धेरै चासो राख्ने गर्नुहुन्थ्यो, कितावहरू पनि लेख्नुभएको थियो । उर्जाशील र स्वच्छ छविको रवीन्द्रलाई मैले व्यक्तिगत रुपमा पनि राम्रोसँग चिन्थे । तर,आकस्मिक र अकल्पनीय रुपमा यो घटना भएको छ ।’

भावुक शैलीमा सञ्चारकर्मीहरूलाई प्रतक्रिया दिंदै डा.भट्टराईले थपे,‘यसले यो देशले होनाहार एक नेतृत्व गुमाएको छ, चोट पुगेको छ ।’ 






  • प्रकाशित मिति : फागुन १७, २०७५ शुक्रबार १२:५३:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया