बजेट जनतामा आशा जगाउने किसिमको छैन : लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले ल्याएको बजेट जनतामा आशा जगाउने किसिमको नआएको बताएका छन् । सोमबार बजेट सार्वजनिक भएपछि संसद भवनमा संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष लिङदेनले यस्तो बताएका हुन् । 

मुलुकको वर्तमान आर्थिक संकट र चुनौतीको समाधान गर्नुपर्ने अवस्था भए पनि त्यसअनुरुप बजेट आउन नसकेको बताउँदै उनले विगतका सरकारले ल्याउने बजेट सुन्दा राम्रो भए पनि कार्यान्यनमा समस्या हुने गरेको बताए । 

अहिलेको बजेट पनि कार्यान्वयनमा चुनौती रहेको बताए । बजेट अनुदान र ऋणमा आधारित भएर आएकाले आशा गर्ने ठाउँ नभएको उनको भनाइ छ । 

बजेटमा खर्च कटौतीलगायत सकारात्मक पक्ष समेटे पनि यति मात्रैले वर्तमान आर्थिक समस्याको समाधान गर्न नसक्ने उनले बताए । 
 





  • प्रकाशित मिति : जेठ १५, २०८० साेमबार २२:५५:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया