बजेट सार्वजनिक भएको भोलिपल्ट सेयर बजार राताम्य

बजेट सार्वजनिक भएको भोलिपल्ट मंगलबार सेयर बजारमा ठूलो गिरावट आएको छ । मंगलबार सेयर बजार परिसूचक नेप्से ५३.१६ अंकले घटेको हो । 

आगामी वर्षको बजेटमा माग सम्बोधन नभएकाे लगानीकर्ताकाे गुनासाे छ । साेही कारण सेयर बजार घटेको लगानीकर्ता बताउँछन् ।

बजेटपछिको पहिलो दिनको कारोबार दिनमा ५३.१६ अंकले घटेको नेप्से १८ सय ८८.६१ अंकको विन्दुमा झरेको छ । आज १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्य भएको छ ।

नेप्से घटे पनि कारोबार रकम २ अर्ब नाघेको छ। आज २७५ स्टकको ४० हजार ६३४ पटकको कारोबारमा २ अर्ब ३४ करोड १७ लाख रुपैयाँ बराबरको ७० लाख ७४ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ ।





  • प्रकाशित मिति : जेठ १६, २०८० मंगलबार १६:८:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया