ओरालो लाग्दै सुनचाँदीको भाउ

काठमाडौं– यो साताको मध्यसम्म बढेको सुनचाँदीको भाउ साताको अन्त्यतिर भने ओरालो लाग्यो । गत साता सुनचाँदीको भाउ ५ वर्षयताकै उच्च कायम भएको थितयो । यो साताको अन्त्यतिर भने सुनचाँदीको भाउ ओरालो लागेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

पहिलो दिन आइतबार बजार खुल्दा प्रतितोला ६२ हजार ६ सयमा कारोबार भएको सुन मंगलबारसम्म प्रतितोला २ सयले बढेर ६२ हजार ८ सयमा कारोबार भयो । तर, बुधबारदेखि भने सुनको भाउ ओरालो लाग्दै शुक्रबारसम्म  प्रतितोला ८ सयले घटेर ६२ हजार रुपैयाँमा कारोबार भयो ।  

यस्तै, चाँदी आइतबार बजार खुल्दा प्रतितोला ७ सय ७५ मा कारोबार भएको थियो । सोमबार थप ५ रुपैयाँले बढेर प्रतितोला ७ सय ८० मा कारोबार भएको चाँदी मंगलबारसम्म सोही मूल्यमा स्थिर रह्यो ।

बुधबार ५ रुपैयाँले कमी आई प्रतितोला ७ सय ७५ मा कारोबार भएको चाँदीको मूल्य बिहीबार पनि स्थिर रह्यो । शुक्रबार थप ५ रुपैयाँले कमी आई चाँदी प्रतितोला ७ सय ७० मा कारोबार भएको छ । 

यो साता अमेरिका र उत्तर कोरियाबीचको वार्तामा सबै कुरामा सहमति नभए पनि वार्ता सौहार्दपूर्ण रह्यो । त्यसैगरी, चीन र अमेरिकाबीच मार्च १  गते शुक्रबारदेखि नयाँ भन्सार दर कायम गर्ने भनिएता पनि त्यसमा ढिलाइ भएकाले लगानीकर्ताको सुनमा आकर्षण देखिएन । 

भारत र पाकिस्तानबीच युद्ध संकेत देखिएता पनि पछि तनाव कम भएको र अर्कोतर्फ भारतीय मुद्रा अलि मजुबत भएका कारण सुनको भाउमा कमी आएको विश्लेषकहरूले अनुमान गरेका छन् । 





  • प्रकाशित मिति : फागुन १७, २०७५ शुक्रबार १८:१:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया