\
जनता समाजवादी पार्टी (जसपा) कोशी प्रदेश सरकारबाट बाहिरिएको छ । जसपा प्रदेश समितिको बैठकले कोशी सरकारबाट आफ्ना मन्त्री फिर्ता बोलाएर सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
बुधबार इटहरीमा बसेको बैठकले जसपाका तर्फबाट सरकारमा रहेकी स्वास्थ्यमन्त्री निर्मला लिम्बूलाई फिर्ता बोलाएको छ । जसपा एमाले नेता हिक्मत कार्कीको नेतृत्वमा सरकारमा गत २५ पुसमा सहभागी भएको थियो ।
जसपाले सरकार छाड्ने निर्णयसँगै कार्की नेतृत्वको सरकार संकटमा पर्ने देखिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।