राजनीतिक इनिङमा इमरान खानको ‘क्लिन बोल्ड’

एजेन्सी– पुलवामामा भएको भारतीय सैनिकमाथिको आक्रमणपछि एकाएक भारत–पाकिस्तान सम्बन्धमा चर्काचर्की देखिन सुरु गर्यो । पहिले क्रिकेटबाट पाकिस्तानलाई चर्चामा ल्याएका पाकिस्तानी प्रधानमन्त्री इमरान खानले यसपटक राजनीतिमा पनि नयाँ उचाइ पाएका छन् । 

सन् १९७० इमरानले पाकिस्तानका लागि खेल्न थाले । सन् १९८२ मा उनले पाकिस्तानी टिमको कप्तानी गरेपछि उनको नेतृत्वको टिमले १४ टेस्ट खेल जित्यो । ओडिआइमा उनको टिमले ७७ वटा जित दर्ज गरेको थियो । 

क्रिकेटबाट सन्न्यास लिएपछि इमरान राजनीतिमा आए । १९ वर्षभन्दा धेरै समय एकरुपमा राजनीतिमा स्ट्रगल गरेका उनले केही महिनाअघि भएको पाकिस्तानी निर्वाचनमा अरु पार्टीलाई सस्तैमा समेटिदिएका थिए । 

यसपटक बढ्दो भारत–पाकिस्तान तनाव मत्थर गर्न उनले नयाँ कदम चाले । पुलवामामा भएको आक्रमणपछि भारत र पाकिस्तानका वायुसेनाले एकअर्काको सीमामा निकै ठूलो फन्डा सुरु गरे । यी दुईले आफ्नो शक्ति प्रदर्शन गरेका थिए । 

यहीबीच पाकिस्तानले भारतको एक विमान पाकिस्तान प्रशासित कश्मीरमा खसायो । र, भारतका पाइलटलाई आफ्नो कब्जामा लियो । लगत्तै संसद्मा नै इमरानले ती पाइलट अभिनन्दनलाई रिया गर्ने बताए । शुक्रबार पाकिस्तानले ती पाइलटलाई फर्काइदियो । 

पुलवामामा घटना १४ फ्रेबुअरीमा भएको थियो । तर, यी दुई देशबीच शक्तिको प्रदर्शन २६ फ्रेबुअरीमा सुरु भयो । योबीच भारतले यसबारे केही भन्न सकेन । बरु भारतमा भारतीय जनता पार्टी र प्रधानमन्त्री नरेन्द्र मोदीमाथि आरोप लाग्न थाले । उता, इमरान खानले यस विषयमा पटकपटक बोले र आफूले युद्ध नचाहेको बताए । 



उनले भारत–पाकिस्तानबीच भएको पहिलेका युद्ध सम्झिए, क्युबामा भएको मिसाइल युद्धको उद्घोष गरे । (सोभियत संघले अमेरिकाविरुद्ध क्युबामा आफ्नो मिसाइल राखेको थियो ।) क्युबा मिसाइलका कारण विश्वमा तनाव बढेको थियो । भारत–चीन युद्धमा थिए, अमेरिका–रुस युद्धमा थिए । इमरानले यसलाई बारम्बार दोहोर्याए । 

अनि अभिनन्दनलाई उनले छोडिदिए । 



यसले इमरानको राजनीतिक कद निकै बढेको विश्लेषण गरिएको छ । विगतमा क्रिकेटर भएर क्यामेरा फेस गरिरहेका इमरान अब राजनेताका रुपमा क्यामेरामा देखिएका छन्, यसले उनलाई अझ बलियो बनाउँदै लगेको छ । 

उनले पाकिस्तानलाई त्यही लयमा अगाडि बढाएका छन्, जुन लयमा पाकिस्तान हुनु पर्ने थियो । र, प्रधानमन्त्री बनेपछि इमरानले अन्तर्राष्ट्रिय नजर पाउने गरि पहिलो पटक एउटा बल फ्याँकेका छन् । यसमा राजनीतिक स्वार्थहरु बोल्ड भएका छन् । त्यसैले यो हो उनको पहिलो क्लिन बोल्ड । 

  • प्रकाशित मिति : फागुन १७, २०७५ शुक्रबार १८:१२:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया