किरण भुजेल र अश्मीता अधिकारीको आवाजमा ‘चल्यो चल्यो बतास चल्यो’ गीत सार्वजनिक (भिडियाे)

नेपाल आइडल फेम्ड गायक-गायिकाद्वय किरण भुजेल र अश्मीता अधिकारीको आवाजमा ‘चल्यो चल्यो बतास चल्यो’ बोलको गीत सार्वजनिक भएको छ। 

सोमबार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको गीतको भिडियोमा रमेश विश्वकर्मा, आयुष्मा कार्की, दिया जिसी, दीपेन्द्र खत्री (आरुष) तथा टिकटकबाट चर्चित बनेका बालकलाकार आरुषी ढकाल र रोनिश खड्काको अभिनय देख्न सकिन्छ।

रोनिश एण्ड ड्याड प्रोडक्सनको ब्यानरमा निर्माण भएको गीतमा गोविन्द कुइँकेलको शब्द डिबी लामाको संगीत, पुस्कर सुनुवारको एरेन्ज, दीपेश प्रधानको मास्टरिंगर मिक्सिङ रहेको छ। 

चक्र बहादुर रिजालले खिचेको गीतको भिडियोलाई शिलन लम्सालले सम्पादन गरेका हुन्। सियोन श्रेष्ठले निर्देशन गरेको भिडियोमा कलाकारहरुकाे अभिनय राम्रो देख्न सकिन्छ।





  • प्रकाशित मिति : जेठ १७, २०८० बुधबार १६:४६:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया