\
कोशी प्रदेश सरकारबाट जसपा बाहिरिएकाे छ । प्रदेशकी स्वास्थ्य मन्त्री निर्मला लिम्बूले पदबाट राजीनामा दिएकी छन् ।
बुधबार बसेको जसपा प्रदेश समितिले सरकारबाट बाहिरिने निर्णय गरेपछि उनले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई राजीनामा बुझाएकी हुन् ।
पुस २५ गते मन्त्री नियुक्त भएकी उनले पत्रकार सम्मेलन गर्दै पार्टीको निर्देशन अनुसार पदबाट राजीनामा दिएको बताइन् ।
कोशी नामकरणको विपक्षमा रहेका पहिचान पक्षधरको आन्दोलनलाई सम्बोधन गर्न सरकारलाई पटक-पटक आग्रह गर्दा नमानेपछि नैतिकताका आधारमा जिम्मेवारीबाट राजीनामा दिएको उनकाे भनाइ छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।