ग्यास्ट्रिकबाट बच्न अपनाउनुहोस् यी उपाय

काठमाडौं– आजभोलि चिया पसलहरुमा सुन्न सकिन्छ– नेपालका लागि त ग्यास्ट्रिक राष्ट्रिय रोग नै भइसकेको छ । हुन पनि अधिकांश नेपाली यो रोगबाट ग्रसित छन् । धेरै खानेलाई पनि हुने र धेरै समयसम्म नखाएर पेट खाली राख्नेलाई पनि हुने भएकाले ग्यास्ट्रिकले धेरैलाई सताएको छ । विशेषगरि काम गर्ने मानिसहरुलाई त यो निकै ठूलो समस्या हो । 

तर, कसरी बच्ने त ग्यास्ट्रिकबाट ? केही टिप्सः

 

वजन बढी नबनाउनुहोस्

धेरै कुर्चीमा बसेर काम गर्नेहरुको पेटको आकार बढिरहेको हुन्छ । त्यसैले वजन घटाउनमा धेरै ध्यान दिन जरुरी छ । पाचन प्रक्रियालाई चुस्त बनाउन पनि हाम्रो पेटको आकार सानो हुनुपर्छ । औषधि अधिक सेवन गर्नेहरुले यो कुरा झन् ध्यान दिनु पर्ने हुन्छ ।

त्यसैले लगातार लामो समयसम्म एकै ठाउँमा बसेर गर्ने काममा कमी ल्याउनु पर्छ । पाँच मिनेटको छोटो ब्रेकले पनि आँखामात्र होइन, पेटलाई पनि फाइदा पुग्न सक्छ ।



 

खानापछि एकैछिन हिँड्नुहोस्



खाना खाएपछि तुरुन्तै आराम गर्नुभन्दा केहीबेर हिँड्नु स्वास्थ्यका लागि राम्रो हुन्छ । एक किलोमिटर नै किन नहोस्, खाना खाएपछि हिँड्ने बानी बसाल्ने हो भने निद्रा भाग्ने मात्र होइन, ग्यास्ट्रिकको समस्या पनि कम हुँदै जान्छ ।

 

ग्रिन टी पिउनुहोस्

मसला हालेको चियाभन्दा पनि बढी ग्रिन टिलाई प्राथमिकता दिनु राम्रो हुन्छ । जसलाई चिल्लोपिरो बढी खाएकाले समस्या भएको छ, उनीहरुले झन् ग्रिन टिलाई प्राथमिकता दिनु राम्रो हुन्छ । तर, फेरि दिनमा ३ कपभन्दा धेरै ग्रिन टि पिउनु पनि हुँदैन । 

त्यस्तै, नरिवल पानी, अदुवा हालिएको तरकारी, लसुनको टुक्रा बिहान खाँदा पनि पेटमा समस्या कम हुँदै जान्छ ।

  • प्रकाशित मिति : फागुन १७, २०७५ शुक्रबार १८:४९:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया