मधेस प्रदेश : रोजगारीका १३ वर्षमा साढे १० लाख युवायुवती विदेशिए (जिल्लागत विवरणसहित)

मधेस प्रदेशबाट विगत १३ वर्षमा १० लाख ३९ हजार ७५४ जना युवायुवती वैदेशिक रोजगारीमा गएका छन् । सुरक्षित आप्रवासन (सामी) परियोजनाले उपलब्ध गराएको तथ्यांकअनुसार यस प्रदेशबाट गत ०६६/६७ सालदेखि ०७८/७९ को अवधिमा सो संख्यामा युवायुवती विदेशिएका हुन् । 

सामी कार्यक्रम धनुषाका कार्यक्रम संयोजक सौरभ कर्णले उपलब्ध गराएको तथ्यांकअनुसार विगत १३ वर्षको अवधिमा सबभन्दा बढी धनुषा जिल्लाबाट २ लाख १६ हजार १२२ जना विदेशिएका छन् । त्यस्तै, महोत्तरीबाट १ लाख ९६ हजार ८९५ जना, सिरहाबाट १ लाख ७८ हजार २३५ जना, सप्तरीबाट १ लाख २७ हजार १४८ जना, सर्लाहीबाट १ लाख २६ हजार ६५६ जना, रौतहटबाट ७५ हजार ७०२ जना, बाराबाट ७३ हजार १३३ जना र सबभन्दा कम पर्सा जिल्लाबाट ४५ हजार ८६३ जना युवायुवतीले विदेशमा आफ्नो पसिना बगाइरहेका छन् । 

चालू आर्थिक वर्षको १० महिना (साउनदेखि वैशाख)सम्ममा धनुषाबाट मात्रै ३५ हजार ६६ जना वैदेशिक रोजगारीमा विभिन्न खाडी मुलुक पुगेका छन् ।

जसअनुसार गत साउन महिनामा ३ हजार ५४३ जना, भदौमा ४ हजार ३२२ जना, असोजमा ३ हजार ५४७ जना, कार्तिकमा ३ हजार ५४८ जना, मंसिरमा ३ हजार ५४८ जना, पुसमा ३ हजार ६३८ जना, माघमा ३ हजार २४७ जना, फागुनमा ३ हजार १२९ जना, चैतमा ३ हजार ६८१ जना र वैशाखमा ३ हजार ४३ जना विदेश पुगेका छन् । 

वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बढ्न थाले पनि रेमिट्यान्स आप्रवाह भने घटिरहेको देखिन्छ । यो अवधिमा हुण्डीलगायत विदेशबाट पैसा पठाउने गैरकानुनी माध्यम सक्रिय हुनुका साथै क्रिप्टोकरेन्सीलगायत हाइपर फण्डमा लगानी बढेकाले रेमिट्यान्स प्रभावित भएको जानकारहरु बताउँछन् । यद्यपि, चालू आर्थिक वर्षको मासिक रेमिट्यान्सको अवस्था सन्तोषजनक रहेको देखिन्छ । 

गत साउनमा ९२ अर्ब २ करोड, भदौमा ९४ अर्ब ८ करोड, असोजमा ९४ अर्ब, कार्तिकमा ९७ अर्ब, मंसिरमा १ खर्ब २ अर्ब ५ करोड, पुसमा १ खर्ब ४ अर्ब ६ करोड, माघमा १ खर्ब ४ अर्ब ८ करोड, फागुनमा १ खर्ब ४ अर्ब ४ करोड र चैतमा १ खर्ब ९ अर्ब १ करोड रुपैयाँ रेमिट्यान्सबापत नेपाल भित्रिएको तथ्यांक छ । 
 





  • प्रकाशित मिति : जेठ १८, २०८० बिहीबार १८:२३:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया