\
आज बागमती प्रदेश सभा बैठक बस्दैछ । बैठक बिहान १०:३० मा बस्न लागेको हो । प्रदेश सभा सचिवालयका अनुसार उक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि सार्वजनिक गरिएको सरकारको नीति तथा कार्यक्रम पारित गर्ने तयारी रहेको रहेको छ ।
गत १७ जेठबाट सञ्चालन भएको प्रदेश सभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफल भएको थियो । शुक्रबारको बैठकमा नीति तथा कार्यक्रममाथि उठेको प्रश्न बारे सरकारका तर्फबाट मुख्यमन्त्री र मन्त्रीहरूले जवाफ दिनेछन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।