\
म्यानचेस्टर सिटीले इंग्लिस एफए कपको उपाधि जितेको छ । गएराति भएको फाइनलमा म्यानचेस्टर युनाइटेडलाई २–१ गोलले हराउँदै सिटीले एफए कपको उपाधि जितेको हो ।
यसअघि प्रिमियर लिगको उपाधि जितेको सिटीलाई एफए कपको उपाधि दिलाउनमा दुवै गोल गुन्डोआनले गरे । उनले खेलको १२ सेकेन्डमा नै गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाए ।
३३ औँ मिनेटमा ब्रुनो फर्नान्डेजले पेनाल्टीमार्फत् गोल गर्दै युनाइटेडलाई खेलमा फर्काए । तर, ५१औँ मिनेटमा उनको व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई २–१ ले उपाधि दिलाए ।
सिटीले सातौँपटक एफए कपको उपाधि जितेको हो । एफए कपको उपाधि सँगै सिटी ट्रेबल नजिक पुगेको छ । अब १० जुनमा युरोपियन च्याम्पियन्स लिगको फाइनलमा इन्टर मिलानलाई हराए सिटीलाई ट्रेबल जित्नेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।