\


गण्डकी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै
फरकधार / २१ जेठ, २०८०
यो सामग्री सेयर गर्नुहोस्

गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम आज ल्याउँदैछ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम सार्वजनिक गर्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।   

सचिवालयका प्रवक्ता प्रेम सुवेदीका अनुसार नीति तथा कार्यक्रम सार्वजनिकीकरणका लागि सबै तयारी पूरा भएको छ । सरकारले यही १२ जेठमा विनियोजन विधेयक, २०८० को सिद्धान्त र प्राथमिकता प्रदेशसभामा पेस गरेको थियो ।  

विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि यही १५ र १६ जेठ मा बसेको प्रदेशसभा बैठकमा छलफल भएको थियो । प्रदेश सरकारले आगामी १ असारमा बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । 

बजेट आउनुपूर्व सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गर्न लागेको हो । चालू आवमा ३५ अर्ब ९० करोड ९० लाखको बजेट ल्याएको प्रदेश सरकारले आगामी वर्षको लागि बजेट घटाएर ल्याउने तयारी गरेको छ । 





  • प्रकाशित मिति : जेठ २१, २०८० आइतबार १०:५१:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया