\


टाउकाको मूल्य डेढ करोड तोकिएका भारतीय माओवादीका नेताको निधन
फरकधार / २१ जेठ, २०८०
यो सामग्री सेयर गर्नुहोस्

भारतीय माओवादी नेता कट्टम सुदर्शनको निधन भएको छ । माओवादीको केन्द्रीय कमिटीका प्रवक्ता अभयले जारी गरेको विज्ञप्तिअनुसार सङ्गठन केन्द्रीय कमिटी र पोलिटब्युरो सदस्य सुदर्शनको हृदयाघातका कारण निधन भएको हो ।  

उनीमाथि १ करोड ५५ लाख भारु इनाम तोकिएको थियो । सिपिआई माओवादीको दोस्रो तहको हैसियत राख्ने कट्टम सुदर्शन माओवादी सङ्गठनमा आनन्द, भास्कर, मोहन, वीरेन्द्र, मोहन टेकाम, सुदर्शन, रमेश, महेश र एएनको नामबाट पनि चिनिन्थे । 

तेलंगानाको आदिलाबादमा बस्ने ६६ वर्षीय सुदर्शनमाथि देशको विभिन्न देशमा भएको माओवादी हमलामा समावेश भएको आरोप छ । 

प्रहरीका अनुसार सन् १९७४ मा माओवादी आन्दोलनमा सक्रिय उनीमाथि छत्तीसगढमा भाजपा विधायक भिमा मंडावीको हत्यामा समावेश भएको आरोप पनि छ । 





  • प्रकाशित मिति : जेठ २१, २०८० आइतबार ११:२०:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया