नेकपा एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणमा दिएको अभिव्यक्तिको आलोचना गरेका छन् ।
प्रधानमन्त्रीले प्रचण्डले भारत भ्रमणका क्रममा सञ्चारकर्मीसँग बंगलादेशको फूलबारी बन्दरगाहसम्मको रुट माग्ने क्रममा सो बाटो उपलब्ध गराए कालापानी र लिपुलेक दिन सकिने भन्ने अभिव्यक्ति दिएका थिए ।
अहिले उनको सो अभिव्यक्तिको विरोध भइरहेको छ । एमाले प्रचार विभाग उपप्रमुख रिजालले प्रधानमन्त्री दाहाललाई भूमि साटफेरको आइडिया दिल्लीमा कसरी फुर्यो भन्दै प्रश्न पनि गरेका छन् ।
प्रधानमन्त्री दाहाललाई राष्ट्रियतासँग सौदाबाजी गर्ने अधिकार नभएको भन्दै उनले के यो अभिव्यक्ति तपाईँको आफ्नै दिमागको उपज हो भन्दै अर्को प्रश्न गरेका छन् ।
‘प्रधानमन्त्रीज्यू, दिल्ली जानुस् कि उज्जैन, दौरा–सुरुवाल लगानूस् कि गेरुवस्त्र, एक्लाएक्लै भेट्नूस् कि परिवारका सदस्य राखेर– तपाईँलाई यो देशको राष्ट्रियतासँग सौदाबाजी गर्ने अधिकार छैन,’ रिमालले फेसबुकमा लेखेका छन्, ‘पहिले नेपाली भूमिमाथिको हक स्थापित गर्नुस् अनि मात्र समाधानका बारेमा छलफल गरौँला । देशभित्र एक मिनेट पनि नउठेको भूमि साटफेरको ‘आइडिया’ दिल्लीमा तपाईँमा कसरी फुर्यो ? के यो तपाईँको आफ्नै दिमागको उपज हो ?’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।