गण्डकी प्रदेश सरकारकाे नीति तथा कार्यक्रम प्रस्तुत (पूर्णपाठ)

गण्डकी प्रदेश सरकारले आइतबार आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेशसभाको सदनबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । 

नीति तथा कार्यक्रममा प्रदेशभित्र यातायात, खानेपानी, स्वास्थ्यसेवालगायत विषयलाई प्राथमिकतामा राखिएकाे छ । यातायात व्यवस्था कार्यालयका सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने, खानेपानीमा नागरिकको पहुँच सहज बनाउन लिफ्टिङ प्रणालीबाट उपलब्ध गराउने, सबै नागरिकलाई आधारभूत स्वास्थ्य सेवा विस्तार गरी सेवामा पहुँच र स्वामित्व बढाउने लगायत विषय समेटिएकाे हाे । 

नीति तथा कार्यक्रममा प्रदेश सरकारले मिर्गौला डायलाइसिसको प्रतीक्षमा रहेका बिरामीलाई निःशुल्क डायलाइसिस सेवा विस्तार गर्ने घोषणा गरेको छ । 

प्रदेश सरकारले चालू खर्च कटौती गर्ने र पुँजीगत खर्च बढाउने विषयलाई प्रथामिकता दिने जनाएको छ ।





  • प्रकाशित मिति : जेठ २१, २०८० आइतबार १६:३७:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया