\
नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष केदार न्यौपाने नेकपा एमालेमा फर्किएका छन्।
न्यौपानेलाई अध्यक्ष केपी ओली, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र विष्णु रिमाललगायतले आइतबार पार्टी कार्यालय च्यासलमा स्वागत गरेका हुन् ।
यसअघि एकीकृत समाजवादीका अर्का उपाध्यक्ष मुकुन्द न्यौपानेसहित १३ जना साे पार्टी छाडेर एमाले प्रवेश गरेका थिए । न्यौपानेसहित १३ जनालाई एमालेले केन्द्रीय कमिटीमा मनोनीत गरिसकेकाे छ ।
चुडामणि जंगली, भागवत विश्वासी, प्रेमबहादुर सिंह, हेमराज राई, ठम्बर विष्ट, उमाशंकर अरगरिया, अजय गुप्ता, एकवाल मिया, गणेश खनाल, प्रेम तामाङ, यमबहादुर परियार र सुरेन्द्र मानन्धरले मुकुन्द न्यौपानेसँगै एमाले प्रवेश गरेका थिए ।
अर्का उपाध्यक्ष केशवलाल श्रेष्ठ पनि एमाले अध्यक्ष ओलीले नेकपा एससहितका सबै कम्युनिस्ट पार्टीलाई मिलाएर बलियो कम्युनिस्ट पार्टी बनाउने अभियानको नेतृत्व लिनुपर्ने प्रस्ताव लिएर एमाले पार्टी कार्यालय च्यासल पुगेका थिए । न्याैपानेकाे एमाले प्रवेश कार्यक्रममा श्रेष्ठ पनि सहभागी भएका थिए।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।