\
प्रतिनिधि सभाको बैठक सुरु भएको छ । आइतबार प्रतिपक्ष दलहरूको विरोधका कारण स्थगित प्रतिनिधि सभाको बैठक आज बसेको हो । आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण र कार्यभार तोकिएको पत्रको ब्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची छ ।
त्यस्तै, राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफलका लागि अर्थमन्त्री डा. प्रकाशशरण महतले वक्तव्यसहित आर्थिक वर्ष २०८०/०८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल गर्न प्रस्ताव प्रस्तुत गर्नेछन् । त्यसपछि उक्त प्रस्तावमाथि छलफल सुरु हुने संसद् सचिवालयले जनाएको छ । आजको बैठकमा सभामुखले दुईवटा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि छ ।
आइतबार नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नागरिकता विधेयक प्रमाणीकरणको प्रक्रिया गलत भएको भन्दै विरोध गरेका थिए । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले रोकेको विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले यही १७ जेठमा प्रमाणीकरण गरेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।