\
प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद योगेश भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयक प्रमाणीकरणमा आफूूसँग नभएको अधिकार प्रयोग गरेको आरोप लगाएका छन् । सोमबारको संसद् बैठकमा उनले प्रधानमन्त्री दाहाललाई आफूसँग नभएको अधिकार कसले दियो भन्दै प्रश्न पनि गरे ।
‘प्रधानमन्त्रीलाई आफूसँग नभएको अधिकार कसले दियो ? संसदको विशेष अधिकार हनन् गर्नेमाथि कारबाही हुनुपर्छ,’ भट्टराईले भने, ‘नेपाली जनतालाई दिउँसै ढाँट्ने ? राष्ट्रपति संसदभन्दा माथि हुँदै ।’
उनले कालापानी, लिपुलेक र लिम्पियाधुरालगायत नेपालको भूमि अरूलाई दिने हक प्रधानमन्त्रीलाई नभएको पनि बताए ।
‘नेपाली भूमि अरूलाई दिने हक प्रधानमन्त्रीलाई दिइएको छैन । के आधारमा बंगलादेशको कुरा गर्नुभयो ? सट्टापट्टा गर्ने सर्तमा राष्ट्रियता बन्धक राख्न सक्दैनौँ । लम्पसारवाद आउँछ भने जुनसुकै लम्पसारविरुद्ध एमाले उभिन्छ,’ भट्टराईले भने ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।