\


प्रधानमन्त्री प्रचण्डकाे प्रस्टाेक्ति- कालापानीसँग भूमि साट्ने प्रस्ताव गरेको छैन
फरकधार / २२ जेठ, २०८०
यो सामग्री सेयर गर्नुहोस्

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका क्रममा आफूले नेपाली भूमि बंगलादेश मोडलमा साट्ने प्रस्ताव नगरेको स्पष्ट पारेका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले कालापानीसँग भूमि साट्ने प्रस्ताव नगरेको स्पष्ट पारेका हुन् । 

‘कालापानीबारे मैले कहीँ पनि विकल्प यो हुन्छ र यसमा जाऊँ भनेको छैन प्रष्ट होस् । मैले नेपालको भूमि नेपालकै हुनुपर्छ भनेको हो । केही बुद्धिजीवीहरूले सीमा समस्या समाधान गर्न बंगलादेशी मोडल अपनाउन सकिन्छ भनेका हुन्,’ प्रधानमन्त्री दाहालले भने, ‘उनीहरूले बंगलादेश जाने बाटो पाउन सके कालापानी साट्न सकिन्छ भनेका हुन्, मैले त सीमा समस्या हल गर्नुको विकल्प नरहेको कुरा राखेको हुँ ।’  

प्रधानमन्त्री प्रचण्डले कालापानी, लिम्पियाधुरा र लिपुलेक नेपालको भूमि भएको विषयमा आफू स्पष्ट रहेको पनि बताए ।  

‘कहीँ कोही कन्फ्युजन नहोस् कालापानी लिम्पियाधुरा र लिपुलेक हाम्रो भन्ने मैले प्रष्ट राखेको छु । पञ्चेश्वर पनि आएको छ, बाढी र डुबान पनि आएको छ । धेरै कुरा समेटिएका छन्, हामीले धेरै हल्ला गर्दा कुरा अड्किन्छ भन्ने भएको छ,’ प्रधानमन्त्री दाहालले भने । 



उनले नभएको हल्ला गरेकाले आफू चिन्तित र पीडित भएको पनि  बताए । प्रधानमन्त्री प्रचण्डले आफ्नो भारत भ्रमण सफल भएको पनि बताए । ‘हिमालको उचाइमा पुर्याइन्छ भनेर बोलेको पहिलोपटक हो । सुपरहिट सम्बन्ध भनेको पहिलोपटक हो,’ प्रधानमन्त्री दाहालले भने ।  



  • प्रकाशित मिति : जेठ २२, २०८० साेमबार १३:१:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया