\
अफगानिस्तानको एक ग्रामीण क्षेत्रमा दर्जनौं छात्रासहित ८७ जनालाई विष खुवाइएको स्थानीय प्रशासनले जनाएको छ ।
अफगानिस्तानको उत्तरी सार–ए–पोल प्रान्तको सञ्चारक जिल्लामा आइतबार एक प्राथमिक विद्यालयका दर्जनौँ छात्रासहित ८७ जनालाई विष खुवाइएको प्रान्तीय सूचना तथा संस्कृति निर्देशक मुफ्ती अमिर सारिपुलीतले सोमबार जानकारी दिए ।
सरिपुलितले भने, ‘सञ्चारक जिल्लाको काबोद अब क्षेत्रमा रहेको फैजाबाद छात्रा विद्यालयका ७७ जना विद्यार्थी, सात जना शिक्षक, पाँच जना अभिभावक र एक जना कर्मचारीलाई विष खुवाइएको थियो । उनीहरूको अवस्था स्थिर छ ।’
अधिकारीका अनुसार घटनाबारे अनुसन्धान सुरु गरिएको छ । यसैबीच एक पीडित छात्राकी आमा महनाजले घटनाको निन्दा गर्दै प्रान्तीय प्रशासनलाई घटनामा संलग्नको पहिचान गरी कानुनको कठघरामा ल्याउन आग्रह गरिएको छ ।
अर्का विद्यार्थी अली आगा करबलाईका पिताले प्रभावित विद्यार्थीको सङ्ख्या ८० भन्दा बढी रहेको बताउँदै छोरीको शीघ्र स्वास्थ्यलाभको लागि प्रार्थना गरिरहेको बताए ।
गाउँलेका अनुसार आइतबार ८० जना विद्यार्थीसहित ८७ जना एक्कासि बिरामी परेपछि उनीहरूलाई अस्पताल लगिएको थियो । उनीहरूलाई कसरी विष आक्रमण गरियो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।