\


नेप्से परिसूचक दोहोरो अंकले घट्याे
फरकधार / २२ जेठ, २०८०
यो सामग्री सेयर गर्नुहोस्

सोमबार सेयर बजार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । आइतबारको तुलनामा साताको कारोबारको दोस्राे दिन नेप्से परिसूचक १७.३८ अंकले घटेर १९०१.९९ बिन्दुमा पुगेको हो ।

सोमबार नेप्सेमा कुल २७७ कम्पनीको ५६ लाख २० हजार ३ सय ८१ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ९७ करोडमाथिको सेयर कारोबार भएको छ । आज पनि सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको १९ करोड ८९ लाख ५६ हजार ३ सय ५३ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

यस्तै, सोमबार सेयर बजारमा रिभर फल्स पावरका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । 

यस अलवा ग्लोबल आइएमई ब्यालेन्स फण्ड-१, गोर्खाज फाइनान्स, बिपिडब्लु लघुवित्त वित्तीय संस्था, मानुषी लघुवित्त वित्तीय संस्था र आइजिआइ प्रुडेन्सियल इन्स्योरेन्सका लगानीकर्ता पनि मालामाल भएका छन् ।





  • प्रकाशित मिति : जेठ २२, २०८० साेमबार १५:४९:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया