भूमि दर्ता रोक्का फुकुवा गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन

उपत्यकावासी व्यवस्थापन तथा सहयोग संघर्ष समितिले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । सोमबार माइतीघर मण्डलामा उनीहरूले विरोध प्रदर्शन गरेका हुन् । 

उनीहरूले स्ववासीहरूको भूमि दर्ता रोक्का फुकुवा गर्न र लालपुर्जा दिने व्यवस्था गर्न माग गर्दै विरोध जनाएका हुन् । 

उनीहरूले मूलवासीहरूको भूमि अधिकार सुनिश्चित गर्, गरियो स्ववासीहरूको साम्पत्तिक हक हनन्, जग्गाधनी पुर्जा पाउन छिटो दर्ता खोल न ए सरकार, स्ववासीहरूको भूमि दर्ता फुकुवा गरलगायतका नारा र प्लेकार्ड बोकी विरोध प्रदर्शन गरेका थिए ।

 





  • प्रकाशित मिति : जेठ २२, २०८० साेमबार १६:१२:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया