आर्थिक विधेयकका विशेष व्यवस्था स्वेछिच्क हुन् : महानिर्देशक मैनाली

आन्तरिक राजश्व विभागका महानिर्देशक दीर्घराज मैनालीले सरकारले आर्थिक विधेयकमा गरेका विशेष व्यवस्था स्वेछिच्क भएको बताएका छन् । सोमबार आर्थिक मिडिया सञ्चालक संघ नेपाल (इमान) र विभागले संयुक्तरूपमा आयोजना गरेको ‘परिवर्तित कर नीति: भ्रम र यथार्थ’ विषय अन्तरक्रिया कार्यक्रममा बोल्दै महानिर्देशक मैनालीले यस्तो बताएका हुन् । 

उनले आर्थिक विधेयकमा ल्याएका व्यवस्था गरेका छुट सुविधाहरू लिन करदातालाई भनेको तर बाध्यकारी नभएको पनि बताए । उनले  सरकारले अहिले आएको आर्थिक विधेयकमा आर्थिक ऐनका व्यवस्थाहरूमा केही पनि परिवर्तन नभएको बताए । उनले सरकारले  आयकर ऐनमा कुनै पनि संशोधन नगरेको पनि बताए । उनले करदातालाई विशेष सुविधाको व्यवस्था गर्दा अहिलेका वर्तमान समस्या समाधान सहज बनाउन खोजिएको बताए । उनले सरकारलाई राजश्वको चाप रहेकाले बढी आय भएकाहरूलाई आय करमा वृद्धि गरिएको बताए । उनले सरकारले ५० लाख भन्दा बढी आम्दानी भएकालाई ३० प्रतिशत आयकर व्यवस्था गरेको बताए । उनले सरकारको राजश्व संकलनमा सहजता भएसँगै घटाउने बताए । उनले ५० लाख भन्दा बढी आम्दानी गर्ने करदाता १ हजार ५० करदाता रहेको बताए ।

महानिर्देशक मैनाली मूल्य अभिवृद्धि कर (भ्याट) लागू हुँदा पनि हवाई टिकटको मूल्य ५ देखि ६ प्रतिशत मात्रै बढ्ने बताए । उनले नेपाल सरकारले मूल्य अभिवृद्धि कर (भ्याट) लाग्ने वस्तुको सूचीमा हवाई टिकटलाई समेत समावेश गरेको भन्दै १३ प्रतिशतले महंगिने भन्ने प्रचार गलत भएको बताए । उनले बढीमा ५ देखि ६ प्रतिशत मात्रै टिकटको मूल्य बढ्ने बताए । उनले हवाई टिकटको भाडामा मात्र भ्याट लाग्ने, इन्धन र विमानस्थल शुल्कमा अहिले पनि भ्याट जोडिने भएकाले अब भाडामा मात्रै लाग्ने बताए । उनले इन्धन चार्ज, विमानस्थल शुल्क, बीमा शुल्क र वायुसेवा कम्पनीले लिने भाडा गरी अहिले यात्रुले हवाई भाडाका रूपमा एकमुष्ट रकम तिरिरहेको बताए ।

उनले इन्धन र विमानस्थल शुल्कमा अहिले पनि भ्याट तिरिरहेका कारण अतिरिक्त तिर्नु नपर्ने बताए । उनले नेपाल सरकारले मूल्य अभिवृद्धि कर (भ्याट) लाग्ने वस्तुको सूचिमा हवाई टिकटलाई समेत समावेश गर्दा करिब १० अर्ब राजश्व बढ्ने अवस्था रहेको बताए । 





  • प्रकाशित मिति : जेठ २२, २०८० साेमबार १६:३२:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया