असोजमा कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुने

कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, ०८० आयोजना हुने भएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमका बीच यसबारेमा जानकारी गराइएको हो । महोत्सव आगामी असोज ४, ५ र ६ गते सुर्खेतमा हुनेछ ।

सोमबार महोत्सवको लोगो अनावरण तथा औपचारिक घोषणा कार्यक्रममा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले रारा क्षेत्र जोड्ने सडकका लागि बजेट छुट्याउन सरकारले आनाकानी गरेको बताए । आफ्नो कार्यकालभित्रै रारामा सडक पूर्वाधार जोड्ने र त्यसका लागि सडक र संसद अवरोध गर्न पनि तयार रहेको उनले बताए । 

चलचित्र क्षेत्रले हजारौँको रोजीरोटी निर्माण गरे पनि चलचित्रको क्षेत्रमा बजेट आउन नसकेको उनको आरोप छ । उनले भने, ‘चलचित्र क्षेत्रले हजारौँको रोजीरोटी निर्माण गर्छ तर बजेटमा चलचित्रको क्षेत्रमा बजेट नै आएन ।’

कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीकी महामन्त्री कुन्तीकुमारी शाहीले अहिले देशमा केही पनि गर्ने अवस्था नरहेको, तर कर्णालीका युवा मिलेर यो महोत्सव सुरु गर्नु उदाहरणीय भएको बताइन् । 

महोत्सवले सरकारको नेपाल घुमौँ, नेपाल चिनौँ भन्ने अभियानमा कर्णालीमा आन्तरिक तथा बाह्य पर्यटक फिल्म निर्मातालाई भित्र्याउने उद्देश्य रहेको छ । 





  • प्रकाशित मिति : जेठ २२, २०८० साेमबार १९:२१:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया