अब कटारी अस्पतालबाटै सर्पदंशको उपचार

उदयपुरको कटारी नगरपालिकाले कटारी अस्पतालबाट नै सर्पदंशको उपचार सेवा सुरुआत गर्ने भएको छ । गर्मीको मौसमसँगै सर्पदंशको जोखिम बढेकाले  अस्पतालबाट नै सर्पदंशको उपचार गर्ने तयारी गरिएको हो ।

नगर अस्पतालका रुपमा रहेको कटारी अस्पतालमा सर्पदंशको उपचारका लागि सबै तयारी पूरा भएको नगरपालिकाका प्रमुख राजेशचन्द्र श्रेष्ठले जानकारी दिए । ‘भेन्टिलेटरसहितको सर्पदंश उपचार कक्षा स्थापना गरिसकेका छौँ । नगरवासीको सर्पको टोकाइबाट ज्यान नजाओस् भनेर अस्पतालबाट नै उपचार सेवा दिन लागेका हौँ,’ उनले भने ।

नगरपालिकाको सहकार्यमा सेवा सुरु गर्ने तयारीमा रहेको अस्पतालका प्रमुख मेडिकल सुपरिडेन्टेड डा. गौरव साहले बताए । ‘आवश्यक विज्ञ चिकित्सकसँगको परामर्श र सहकार्यमा उपचारको तयारी गरेका हौँ,’ उनले भने, ‘सरोकारवालासँग सर्पको टोकाइ र यसको उपचारका लागि गरिने विधि र जोखिमबारेमा अन्तक्रियासमेत गरिसकेका छौँ ।’ रासस 





  • प्रकाशित मिति : जेठ २३, २०८० मंगलबार ८:२:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया