logo-img

‘हल्ट प्राइज’ मा भाग लिन ५ नेपाली विद्यार्थी अस्ट्रेलिया प्रस्थान

हल्ट प्राइजमा सहभागी हुनका लागि पाँच नेपाली विद्यार्थीको टोली अस्ट्रेलियाको मेलबर्न प्रस्थान गरेको छ । टोली सफ्ट्वेरिका कलेज अफ आईटी एन्ड ई–कमर्शका निर्देशक स्वप्निल विष्टको नेतृत्वमा अस्ट्रेलिया प्रस्थान गरेको हो । 

टोलीमा विष्टसहित वसन्त अधिकारी, अनिशा मल्ल, गरिमा श्रेष्ठ र सहर्ष केसी पनि रहेका छन् । कार्यक्रमको लागि सम्पूर्ण यात्राको खर्च कलेजले नै बेहोर्नेछ । ​

सफ्ट्वेरिकाले हालै सामाजिक उद्यमशीलतालाई प्राथमिकता दिने प्रतिष्ठित अन्तर्राष्ट्रिय प्रतियोगिता हल्ट प्राइजको अन–क्याम्पस राउन्ड सम्पन्न गरेको थियो । 

कार्यक्रमका विजेता टोलीले आफ्नो सामाजिक उद्यम सुरु गर्न र दिगो प्रभाव सिर्जना गर्न सीड फन्डिङ (बीज कोष) मा १ मिलियन अमेरिकी डलर प्राप्त गर्नेछ ।



क्याम्पस निर्देशक विष्टको नेतृत्वमा सफ्टवेरिका कलेजले हल्ट प्राइज २०२२/२३ का लागि प्रेरणादायी कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा ३० भन्दा बढी टोली सहभागी थिए । जसमा १० भन्दा बढी नेपाली उद्यमी सहभागी थिए ।

कार्यक्रममा उनीहरूले आ–आफ्नो परामर्श र सल्लाह प्रदान गरेका थिए । ​मूल्यांकनपछि पाँच टोली अन–क्याम्पस विजेताको प्रतिष्ठित शीर्षकको लागि प्रतिस्पर्धा गर्दै फाइनलमा पुगे । 

यस कार्यक्रमले मेलबर्नलगायत विश्वभरका विभिन्न १२ स्थानमा आयोजित क्षेत्रीय शिखर सम्मेलनको विजेता टोलीलाई उनीहरूको विचारहरू प्रस्तुत गर्न एक अन्तर्राष्ट्रिय मञ्च प्रदान गरेको थियो ।   



  • प्रकाशित मिति : जेठ २३, २०८० मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया