दर्शकको रोजाइमा हास्य विधाका चलचित्र

नेपालमा अन्यको तुलनामा हास्य विधामा निर्माण भएका चलचित्र दर्शकको रोजाइमा परिरहेका छन् । गत वर्ष प्रदर्शन भएर सफल भएका चलचित्रमा हास्यव्यंग्य शैलीमा निर्माण हुनेकै संख्या बढी छ । 

यसको उदाहरण ‘कबड्डी ४’, ‘छक्का पञ्जा ४’ र ‘महापुरुष’ हुन् । निर्मातासमेत निर्धक्क भएर लगानी गरिरहेका छन् । ‘कबड्डी ४’ ले राम्रो व्यापार गरेर रेकर्ड नै बनायो । यही कारण कुनै समय टेलिभिजनको पर्दामा टेलिचलचित्रमा देखिने अधिकांश कलाकार अहिले चलचित्रमा अभिनय, निर्माण, लेखन तथा निर्देशनमा व्यस्त छन् । 

टेलिचलचित्रकै माध्यमले आफूलाई स्थापित गर्न सफल मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, जितु नेपाल, केदार घिमिरेलगायत कलाकार अहिले चलचित्रमा सफल छन् । उनीहरुको चलचित्र हेर्न दर्शकको राम्रै भीड देखिन्छ । 

‘बक्सअफिसलाई हेर्दासमेत हास्यव्यंग्य शैलीमा तयार गरिएको चलचित्रकै वर्चस्व देखिन्छ, बजारमा जे कुराको माग हुन्छ, अभाव पनि त्यसकै हुन्छ । सायद खुसी खोज्न दर्शक हलसम्म आउनुभएको हुनसक्छ,’ निर्देशक प्रदीप भट्टराईले भने । 

हास्यकलाकार किरण केसीका अनुसार हाँस्दा मस्तिष्कका कोषिकाबाट निस्कने इण्डोर्फिन नामक रसायनले मुड ठीक गर्न मद्दत गर्छ । मुड ठीक हुनुको अर्थ हो, जीवनका सबै कुरा राम्रो हिसाबले चल्नु । मुड ठीक हुँदा मानिसको व्यक्तिगत, सामाजिक, व्यावसायिक जीवनमा सकारात्मक प्रभाव पर्छ । यी यस्तै कारणले हास्य विधालाई दर्शकले प्राथमिकतामा राखेको हुन सक्छ ।

चलचित्रभित्र पहिला हास्यव्यंग्य एउटा पाटो मात्र हुन्थ्यो । हास्यकलाकारको काम नै हसाउने हुन्थ्यो तर अहिले हास्यकलाकारलाई मुख्य अभिनेता लिएर चलचित्र बनाउने सपना प्रायः निर्माताको छ । यद्यपि सचेत हुनुपर्ने अवस्था पनि रहेको निर्देशक भट्टराईको भनाइ छ । 





  • प्रकाशित मिति : जेठ २३, २०८० मंगलबार २०:४७:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया