\
नेकपा एमालेले केन्द्रीय कमिटीका पदाधिकारी एवं सदस्यहरूको कार्य विभाजनमा व्यापक फेरबदल गरेको छ । गत शुक्रबार बसेको एमाले केन्द्रीय सचिवालय बैठकले नेताहरूको कार्य विभाजन गरेको हो ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले मंगलबार जारी गरेको अन्तरपार्टी निर्देशन (अपानी) मा ३४९ जना नेताहरूको कार्य विभाजन गरेको उल्लेख छ । वरिष्ठ उपाध्यक्षदेखि, उपाध्यक्षहरु, महासचिव, उपमहासचिवहरू, सचिवहरू र केन्द्रीय सदस्यको जिम्मेवारी हेरफेर गरिएको हो ।
जसमा उपाध्यक्षहरूलाई ३३ वटा विभागको समन्वयको जिम्मा दिइएको छ भने प्रदेशको इन्चार्जको जिम्मा सचिवहरूले पाएका छन् । त्यस्तै स्थायी कमिटी र पोलिटब्युरो सदस्यहरूले विभाग र जिल्लाको समेत जिम्मेवारी पाएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।