\
सुुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दैछ ।
बुधबार दिउँसो ४ बजे बस्ने प्रदेश सभाको बैठकले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहले जानकारी दिए ।
मन्त्रिपरिषदबाट नीति तथा कार्यक्रम स्वीकृत भएपछि प्रदेश प्रमुख देवराज जोशीलाई बुझाइनेछ । उनले प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
प्रदेश सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्न १५ दिन अगावै नीति तथा कार्यक्रम ल्याउनुपर्ने भए पनि सुदूरपश्चिममा भने ढिलो गरिएको हो ।
१ असारमा आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।