\
नेप्स पेमेन्ट कार्ड इन्डस्ट्री सेक्युरिटी स्ट्यान्डर्डस काउन्सिल (पिसिआइ एसएससी) को सल्लाहकार समितिमा चयन भएको छ। सल्लाहकार समितिको सन् २०२३–२०२५ को कार्यकालको २० सिटको लागि ६४ मनोनयन दर्ता भएको थियो।
सन् २०२३ मार्च १३ देखि २४ सम्म चुनाव भएको थियो। २०२३ जुन १ मा प्रकाशित नतिजाबाट नेप्स वित्तीय संस्था श्रेणीबाट मनोनीत भएको नेप्सले जनाएको छ।
मनोनित भएसँगै, नेप्सले Amazon, Apple, Bank of America, Barclays Bank, European Payment Council, HDFC Bank, IBM, JP Morgan, NPCI, Yes Bank, PayPal, Microsoft जस्ता अन्तराष्ट्रियरूपमा ख्याति प्राप्त संस्थाहरूसँग मापदण्ड निर्धारण तथा कार्ड मार्फत हुने कारोबारमा डाटा सुरक्षा सम्बन्धी अन्य विषयहरूमा छलफल तथा ज्ञान आदान–प्रदान गर्ने छ।
सल्लाहकार समितिमा भएका सदस्य संस्थाहरूले कार्डमार्फत हुने कारोबारमा डेटा सुरक्षासम्बन्धी मापदण्डहरूको विकासमा उल्लेख्य भूमिका निर्वाह गर्नुका साथै, आ–आफ्नो बजार, भूगोल र प्राविधिक अनुभवहरू मापदण्डको विकास क्रममा प्रस्तुत गरी मापदण्डहरूलाई समय सापेक्ष बनाउन नेतृत्व गर्ने नेप्सले जनाएको छ।
‘यो हाम्रो लागि गौरवको विषय हो र यसले नेप्स नयाँ उचाई तर्फ बढिरहेको पनि संकेत गर्दछ । साथै, पिसिआइ एसएससीको लक्ष्य प्राप्तिको लागि ज्ञान, सीप, र अनुभवको योगदान गर्न नेप्स तयार र आतुर पनि रहेको छ । साथै, हामीले यो अवसरलाई कार्ड मार्फत हुने कारोवारको सुरक्षालाई अझै चुस्त र समय सापेक्ष बनाउन अनि भुक्तानी क्षेत्रमा नविनता र सुरक्षित डिजिटल परिदृश्यको कल्पना साकार पर्ने चुनौतीको रुपमा पनि लिएका छौँ’, प्रमुख कार्यकारी अधिकृत सन्जिब सुब्बा भन्छन्।
यसअघिनै नेप्स नेपालबाट पिसिआइ एसएससीको Associate Participating Organization सदस्यता प्राप्त गर्ने पहिलो संस्था बनेको थियो । अहिले सल्लाहकार समितिमै चयन भएर सिङ्गो नेपाललाई नै कार्ड मार्फत हुने कारोबारमा डाटा सुरक्षा सम्बन्धी मापदण्डहरू निर्धारण गर्ने अन्तराष्ट्रिय समितिमा सम्पूर्ण नेपाललाई नै प्रतिनिधित्व गर्ने अवसर नेप्सले सिङ्गो राष्ट्रलाई नै प्रदान गरेको छ ।
पिसिआइ एसएससी कार्ड मार्फत हुने कारोबारमा डेटा सुरक्षासम्बन्धी मापदण्डहरूको विकासलाई व्यवस्थित गर्न स्थापना भएको अन्तर्राष्ट्रिय मान्यता प्राप्त संस्था हो । भिसा, मास्टरकार्ड जस्ता अन्तर्राष्ट्रिय कार्ड नेटवर्कले पिसिआइ डिएसएस सर्टिफिकेसन अनिवार्य गरेका छन्।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।