दयाहाङ राई ‘कार्साङ’ मा अनुबन्धित

अभिनेता दयाहाङ राई नयाँ चलचित्र अनुबन्धित भएका छन् । उनी यार्सा फिल्मसको ब्याननरमा निर्माण हुने फिल्म ‘कार्साङ’मा अनुबन्धित भएका हुन् ।

चलचित्रमा याम शेर्पाको लेखन तथा निर्देशन रहनेछ । फिल्ममा छायाकारमा पुरुषोत्तम प्रधान अनुबन्धित भएका छन् । चलचित्रको ९० प्रतिशत छायांकन बाह्रबिसे नगरपालिका–६ र बाँकी भोटेकोसीमा हुने निर्माण पक्षले जनाएको छ । 

चलचित्रका अन्य कलाकार तथा प्राविधिक छिट्टै टुंग्याउने निर्देशक शेर्पाले जानकारी दिए । ‘फिल्मका बाँकी कलाकार अडिसनमार्फत छनोट गरिनेछ’, शेर्पाले भने । 

उनले चलचित्र सामाजिक कथामा बन्ने खुलाए ।  





  • प्रकाशित मिति : जेठ २४, २०८० बुधबार १३:१६:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया