नौजना महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण

विराटनगर महानगरपालिका वडा नम्बर ६ ले सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण गरेको छ ।
 
गर्भवती महिलासहित अन्य समस्या भएकाहरुको घरमै पुगेर सेवा प्रदान गर्न सहज होस् भन्ने उद्देश्यले नौजना स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण गरिएको वडाध्यक्ष हरिशचन्द्र सहनीले जानकारी दिए । 

महानगरका मेयर नागेश कोइरालाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा हुमादेवी भट्टराई, मञ्जु बस्नेत, केशकशा कौशर, जेवा खानम, राधादेवी गुप्ता, मदिना खातुन, सञ्जु कामत चौधरी, आशाकुमारी मण्डल र सीमादेवी कामतलाई साइकल प्रदान गरिएको थियो । 

कार्यक्रममा मेयर कोइराला, वडाध्यक्ष सहनी, वडा सदस्य पन्नालाल राजवंशी, निर्मला कार्की र आशा पासमानले स्वयंसेविकालाई साइकल वितरण गरेका थिए । 

महिला स्वास्थ्य स्वयमसेविकाहरुले समुदायमा गएर निःस्वार्थ रूपमा काम गरेको भन्दै मेयर कोइरालाले उनीहरुको प्रशंसा गरे । 

सो अवसरमा वडाध्यक्ष सहनीले आफूले चुनावको समयमा गरेको प्रतिबद्धताअनुसार साइकल वितरण गरेको जानकारी दिए । 
 





  • प्रकाशित मिति : जेठ २४, २०८० बुधबार १७:१५:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया