भारतका चर्चित मुटुरोग विशेषज्ञको हृदयाघातका कारण निधन

भारतका चर्चित मुटुरोग विशेषज्ञ सर्जन डाक्टर गौरव गान्धीको निधन भएको छ । गुजरातका डाक्टर गान्धीको हृदयाघातका कारण मंगलबार निधन भएको हो । 

भारतीय सञ्चारमाध्यमका अनुसार ४१ वर्षीय गान्धीको पेलेस रोडमा रहेको आफ्नो घरमा सुतेको अवस्थामा मंगलबार बिहान निधन भएको हो । अघिल्लो राति सुतेका गान्धी बिहान नउठेपछि परिवारले उनलाई अस्पताल लगेका थिए । डाक्टरले हृदयघातका कारण उनको ज्यान गएको पुष्टि गरेका थिए । 

डा. गान्धीले १६ हजारभन्दा धेरै व्यक्तिको मुटुको सर्जरी गरेका थिए । डाक्टर गान्धीले हृदयघातबाट बच्न विभिन्न तरिकाबारे बताउँदै आएका थिए । 

उनी फेसबुकमा ‘हाल्ट हार्ट अट्याक क्याम्पेन’मा पनि जोडिएका थिए । यो हृदयाघातको कारण भइरहेको मृत्युको विरुद्ध एक अभियान थियो ।





  • प्रकाशित मिति : जेठ २४, २०८० बुधबार २०:३०:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया