\
स्याङ्जामा बुधबार साँझ जिल्ला समन्वय समितिको गाडी दुर्घटनामा परेको छ। दुर्घटनामा चारजना घाइते भएका छन्।
शिरुवारीबाट फर्कँदै गरेको बा१झ ५८७८ नम्बरको अर्जुनचौपारी गाउपालिका–३ स्थित खोलेमा दुर्घटना भएको प्रहरीले जनाएको छ। घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ।
घाइते हुनेमा जिल्ला समन्वय समितिका अधिकारी राजेन्द्रप्रसाद पौडेल, अम्बिका पौडेल, टिकाराम पौडेल र चालक अमृत खनाल घाइते भएका छन्।
चालक खनालको अवस्था चिन्ताजनक रहेको अर्जुनचौपारी प्रहरी प्रमुख ख्यामबहादुर क्षेत्रीले जानकारी दिए।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।