स्याङ्जा गाडी दुर्घटना : चालकको मृत्यु

स्याङ्जाको गाडी दुर्घटनामा परेर गम्भीर घाइते भएका चालकको मृत्यु भएको छ। दुर्घटनामा चालक ३५ वर्षीय अमृत खनालको मृत्यु भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा जिल्ला समन्वय समितिका अधिकारी राजेन्द्र पौडेल, विद्युत सुपरभाइर टिकाराम पौडेल र अम्बिका पौडेल घाइते भएका छन्। घाइते भएका तीनजना खतरामुक्त रहेको बताइएको छ। 

शिरुबारीबाट खोले हुँदै रापाकोट जानेक्रममा बा१झ ५८७८ नम्बरको गाडी सडकभन्दा करिब ५० मिटर तल खसेको थियो। 





  • प्रकाशित मिति : जेठ २४, २०८० बुधबार २१:८:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया