युरोपा कन्फ्रेस लिगको उपाधि वेस्ट ह्यामले जित्यो

युरोपा कन्फ्रेन्स लिगको उपाधि इंग्लिस क्लब वेस्ट ह्याम युनाइटेडले जितको छ । गएराति सम्पन्न फाइनलमा इटालियन क्लब फियोरेन्टिनालाई २–१ ले हराउँदै वेस्ट ह्यामले दोस्रो संस्करणको​कन्फ्रेन्स लिगको उपाधि जितेको हो ।  

गएराति भएको खेलमा वेस्ट ह्यामलाई उपाधि दिलाउन सेड बेनरहमा र जरोड बोवेनले समान १ गोल गरे ।​ फियोरेन्टिनाका जियोकोमो बोनोभेन्चुराले १ गोल फर्काए ।

तीनवटै गोल दोस्रो हाफमा भएका हुन् । ६२औँ मिनेटमा सेड बेनरहमाले पेनाल्टीमार्फत् गोल गर्दै वेस्ट ह्यामलाई सुरुआती अग्रता दिलाए । वेस्ट ह्यामको अग्रता लामो समयसम्म मभने टिक्न सकेन । 

६७औँ मिनेटमा जियाकोमो बोनोभेन्चुराले गोल गर्दै खेललाई १–१ गोलको स्थितिमा ल्याए । ९० औँ मिनेटमा जरोड बोवेनले गोल गर्दै वेस्ट ह्यामलाई उपाधि दिलाए । 
 
 





  • प्रकाशित मिति : जेठ २५, २०८० बिहीबार ६:४२:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया