logo-img

मेस्सी अमेरिकन क्बलमा अनुबन्धित भएपछि बार्सिलोनाले के भन्यो ?

बार्सिलोना फुटबल क्लबले अमेरिकन मेजर लिग सकर क्लब इन्टर मायामीमा आबद्ध लियोनल मेस्सीलाई शुभकामना दिएको छ । क्लबका अध्यक्ष जोहान लापोर्ताले मेस्सीको निर्णयको सम्मान गर्दै बधाई तथा शुभकामना दिएका हुन् । 

उनले मेस्सीलाई दबाबरहित भएर मेजर सकर लिग खेल्न पनि आग्रह गरेका छन् । मेस्सी आफ्नो पूर्वक्लब बार्सा नै फर्कने चर्चा पनि थियो । तर, ला लिगाको फाइनान्सियल फेयर प्ले नियमका कारण बार्साले मेस्सीलाई फिर्ता ल्याउन सकेन ।  

उनले एक पत्रिकालाई दिएको अन्तर्वार्ताका क्रममा बार्सासँगको सहकार्य सफल नभएमा आफूले युरोप छाड्ने घोषणा गरेका थिए । युरोपकै क्लबबाट प्रस्ताव आए पनि आफूले अमेरिका जाने निर्णय लिएको मेस्सीले उल्लेख गरेका छन् । 

युरोपमा बार्सा मात्र आफ्नो रोजाइ रहेको उनले प्रष्ट पारे । उनी साउदी अरेबियन क्लब अल–हिलाल जाने व्यापक चर्चा पनि थियो । तर, मेस्सी फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेनमा दुई सिजन बिताएर अमेरिकातर्फ लागेका छन् ।   





  • प्रकाशित मिति : जेठ २५, २०८० बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया