\
बझाङको सुर्मा गाउँपालिका–४ का वडाध्यक्षको सर्जन बोहराको निधान भएको छ । मधुमेह र कलेजोलगायतसम्बन्धी रोगबाड पीडित बोहराको ३८ वर्षको उमेरमा गएराति निधन भएको हो ।
केही समययतादेखि बिरामी रहेका बोहरा उपचारका लागि नेपालगञ्ज गएका थिए । चिकित्सककै सल्लाहमा घर फर्केकै केही दिनमा उनको निधन भएको हो ।
बोहरा २०७९ को स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । उनी सुर्मा गाउँपालिकामा एमालेबाट निर्वाचित हुने एक मात्र वडाध्यक्ष थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।