यू–२० एसियन कप छनोट : पहिलो जितको खोजीमा नेपाल, आज चीनसँग भिड्दै

म्यानमारमा जारी एएफसी यू–२० महिला एसियन कप छनोटको दोस्रो चरणको दोस्रो खेलमा नेपालले आज चीनसँग खेल्दैछ । नेपाल र चीनबीचको खेल याङ्गुनस्थित थुवुन्ना स्टेडियममा दिउँसो २ः४५ बजेदेखि सुरु हुनेछ ।  

प्रतियोगितामा नेपाल पहिलो जितको खोजीमा छ । पहिलो खेलमा घरेलु टोली म्यानमारसँग ५–० ले पराजित भएको नेपाल आज चीनविरुद्ध जित निकाल्ने सोचमा छ । यद्यपि चीनविरुद्ध नेपाललाई जित निकाल्न सहज भने छैन । 

पहिलो खेलमा चीनले चाइनिज ताइपेलाई १–० ले हराएको थियो । छनोटको समूह ‘बी’ मा रहेको नेपाल अंकविहीन रहँदै पुछारमा छ । चीन भने ३ अंकका साथ दोस्रो स्थानमा छ । 

नेपालले अन्तिम खेलमा शनिबार चाईनिज ताइपेको सामना गर्नेछ । नेपालले प्यालेस्टाइनमा भएको पहिलो चरणमा प्यालेस्टाइन र उत्तरी मरियाना आइल्यान्डलाई समान ६–० ले हराउँदै दोस्रो चरणको यात्रा गरेको थियो ।  ​

नेपाली टोली :  

गोलरक्षक– कविता विक, लिला जोशी र सावित्री किसान । ​



डिफेन्डर– सबिना चौधरी, तुलसा बोहरा, सुनिता भुलान, सिमरन राई, दिव्या यस्माली मगर, प्रतीक्षा चौधरी, सजनी थोकर र कुमारी तामाङ । 

मिडफिल्डर– सरस्वती हमाल, मनमाया दमाई, सुनकला राई, दीपा शाही, हिमा रावत, सुस्मा जीटी, सारा बज्राचार्य र अञ्जली मचामासी ।



फरवार्ड– गरिमा राई, अमिषा कार्की, ममता पुन र सन्दिपा भोलान । 

  • प्रकाशित मिति : जेठ २५, २०८० बिहीबार ७:३६:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया