\


कालिकोटमा जिप दुर्घटना : दुईको मृत्यु, एकजना गम्भीर घाइते
फरकधार / २५ जेठ, २०८०
यो सामग्री सेयर गर्नुहोस्

कालिकोटमा जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । कालिकोटका प्रहरी प्रमुख डिएसपी जयश्वर रिमालका अनुसार बिहीबार बिहान जिल्लाको रास्कोट नगरपालिका–२ सेरामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । 

ग ३  च ४६१०  नम्बरको बोलेरो जिप दुर्घटना हुँदा रास्कोट–१ का ४३ वर्षीय मनबहादुर शाही र ३६ वर्षीया मनकुमारी शाहीको मृत्यु भएको डिएसपी रिमालले जानकारी दिए । 

चालकले गाडी स्टार्ट गरेर जुत्ता लगाउन गएका बेला गाडी ब्याक हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते ऋतु सिंहको अवस्था गम्भीर छ । 





  • प्रकाशित मिति : जेठ २५, २०८० बिहीबार ९:१:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया