जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समिति बैठक, के छन् एजेन्डा ?

जनता समाजवादी पार्टी (जसपा) ले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । 

शनिबार दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा विधान अधिवेशन तयारी, समसामयिक राजनीतिलगायत विषयमा छलफल हुने केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । 

बैठक पार्टी केन्द्रीय कार्यालय, बालकुमारीमा बस्नेछ । जसपाले बुधबार नेताहरूलाई  लेबी बुझाउन ताकेता गरेको थियो । जसपाले लेबी नबुझाए केन्द्रीय नेताहरू नै विधान अधिवेशनमा प्रतिनिधि बन्न नपाउने बताएको छ ।

‘जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्यकारिणी समिति सदस्य, राजनीतिक समिति सदस्य र केन्द्रीय सदस्यज्यूहरूले पार्टीले तोकेको लेबी २०७९ साउनदेखि २०८० असारसम्मको बाँकी रहेको लेबी रकम मिति २०८० असार ५ गतेसम्म बुझाउन अनुरोध गरिन्छ,’ पत्रमा भनिएको छ । 

जसपाले केन्द्रीय कार्यकारिणी समिति सदस्यका लागि १ हजार, राजनीतिक समिति सदस्यका लागि ७ सय र केन्द्रीय सदस्यहरूका लागि ५ सय रुपैयाँ मासिक लेबी तोकेको छ । 





  • प्रकाशित मिति : जेठ २५, २०८० बिहीबार ९:२६:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया