आजदेखि ९ जिल्लामा दादुरा-रुबेलाविरुद्धको खोप लगाइँदै
फाइल तस्बिर

आजदेखि ९ जिल्लाका बालबालिकालाई दादुरा-रुबेलाविरुद्धको खोप लगाइँदैछ ।  

स्वास्थ्य सेवा विभागका अनुसार आजदेखि सुनसरी, मोरङ, महोत्तरी, बर्दिया, दाङ, सुर्खेत, कैलाली, कञ्चनपुर, बाजुरामा ६ महिनादेखि १५ वर्ष मुनिका बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाइने भएको हो ।

देशका विभिन्न जिल्लामा दादुरा महामारी देखिएको र महामारी अन्य जिल्लामा फैलिन सक्ने जोखिम रहेकोले बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप दिइन थालिएको विभागले जनाएको छ । यसअघि नेपालमा १३ जिल्लामा दादुरा-रुबेला रोगको संक्रमण देखिएको थियो ।

दादुरा–रुबेलारोग कोरोना भाइरसभन्दा पनि तीव्र गतिले फैलिने र मृत्यु दर पनि उच्च रहेको छ । स्वास्थ्य मन्त्रालयले यसअघि जतिपटक खोप लगाए पनि अभियानका क्रममा खोप लगाउन आग्रह गरेको छ ।  





  • प्रकाशित मिति : जेठ २५, २०८० बिहीबार ९:३५:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया