\


मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. रामकेवल साहको निधन
फरकधार / २५ जेठ, २०८०
यो सामग्री सेयर गर्नुहोस्

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. रामकेवल साहको निधन भएको छ । 

करिब एक सातादेखि भारतको नयाँ दिल्लीमा उपचाररत साहको बिहीबार बिहान उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । 

दुई महिनादेखि कलेजोको क्यान्सरबाट पीडित डा. साहको काठमाडौंमा उपचार सम्भव नभएपछि उनलाई भारतको नयाँ दिल्ली लगिएको थियो ।

उपकुलपति डाक्टर साह नशा तथा हाडजोर्नी रोग विशेषज्ञ थिए । 





  • प्रकाशित मिति : जेठ २५, २०८० बिहीबार ९:५०:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया